२९ जेष्ठ २०८३, शुक्रबार

९० रुपैयाँभन्दा बढीमा प्रिपेड सिमकार्ड नबेच्न टेलिकमको चेतावनी

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ साउन । नेपाल टेलिकमले तोकिएको मूल्यभन्दा बढीमा सिमकार्ड नबेच्न सचेत गराएको छ । टेलिकमले प्रिपेड सिमकार्ड ९० रुपैयाँमा बिक्री गर्दै आएको छ । तर, कम्पनीले तोकेको मूल्यभन्दा बढी रकममा सिमकार्ड बिक्री गर्नु गैरकानूनी भएको भन्दै बिहीबार सूचना निकालेको हो ।

कुनै पनि बिक्री केन्द्र, पसल आदिमा तोकिएको मूल्यभन्दा बढी रकम लिई सिम बिक्री भएको पाइएमा नजिकको दूरसञ्चार कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराउन टेलिकमले आग्रह गरेको छ ।

९० रुपैयाँको प्रिपेड सिमकार्ड लिँदा १० रुपैयाँ बराबरको टक–टाइम पाइन्छ । यसका साथै ४० मिनेट बराबरको भ्वाइस, २० एसएमएस र ३०० एमबी डेटा सिमकार्डमा निःशुल्क पाइन्छ । यो मूल्यमा स्वामित्व कर पनि जोडिएको छ ।

देशका विभिन्न भागबाट उपभोक्ताहरूबाट बढि मूल्य लिएको भन्ने गुनासो आएका कारण कम्पनीले यस्तो सूचना जारी गरेको हो ।