
काठमाडौं, २२ साउन । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्ट क्याम्प सञ्चालन गरेको छ । ग्राहकहरुलाई इन्टरनेटसम्बन्धी आउने गरेको समस्यालाई मध्यनजर गर्दै सपोर्ट क्याम्प सञ्चालन गर्न लागेको कम्पनीले बताएको छ ।
सपोर्ट क्याम्पअन्तर्गत इन्टरनेटसम्बन्धी चेतनामूलक सन्देश, तुरुन्त फिल्ड सपोर्ट, राउटर सट्टा, स्पिड टेस्ट, फाइबर परिवर्तन, सुस्त इन्टरनेट लगायतका ग्राहकको समस्या ग्राहकको घरघरमै पुगेर सपोर्ट क्याम्प मार्फत ग्राहकलाई सेवा दिन लागेको हो । सपोर्ट क्याम्पमा सम्बन्धित क्षेत्रको प्राविधिक प्रमुख, शाखा प्रमुख लगायतको टोटीको उपस्थिति रहनेछ ।
देशैभरि सञ्चालन हुने सपोर्ट क्याम्पबाट कम्तिमा पनि हरेक ठाउँबाट ५० जना ग्रहाकलाई सेवा दिन सकिने कम्पनीको लक्ष्य रहेको छ ।
इन्टरनेट समस्या समाधान लाई प्राथमिकता दिँदै सुरु गरिएको सपोर्ट क्याम्पमा आफूलाई पायक पर्ने स्थानबाट सेवा लिन र सपोर्ट क्याम्प बारे जानकारी लिन क्लासिक टेको अधिकारिक फेसबुक पेज, वेब साइट, क्लासिक टेक मोबाइल एप्लिकेशन, वा ९८०१००६६३३ मा सम्पर्क गर्न कम्पनीको आग्रह छ ।










प्रतिक्रिया