१ असार २०८३, सोमबार

मधेश युनाइटेडको नयाँ लोगो सार्वजनिक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । मधेश युनाइटेडले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । लोगोले खेल, संस्कृति र मधेशी गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।

नयाँ लोगो हरियो रंगको रहेको छ । खेलकुद र संस्कृतिको संयोजन रहेको लोगोको केन्द्रमा भलिबल राखिएको छ, जसले टिमको खेल र प्रतिस्पर्धाको भाव दर्शाउँछ । यसको चारैतिरका लहरहरूले भलिबलको गतिशीलता, ऊर्जा र तीव्रताको प्रतीक दर्शाउँछ ।

लोगोको माथिल्लो भागमा जानकी मन्दिर प्रेरित एक मन्दिरको आकृति रहेको छ, जुन मधेश क्षेत्रको सांस्कृतिक पहिचान र धार्मिक सम्पदाको प्रतीक हो । मन्दिरले मधेशको ऐतिहासिकता र संस्कृतिलाई समेटेको छ ।

मधेश युनाइटेडको लोगो खेलकुद र संस्कृतिको उत्कृष्ट संयोजन बनेको छ, जसले मधेशको सांस्कृतिक सम्पदा र महिला भलिबलको उदयशील प्रतिनिधित्वलाई एकै साथ प्रस्तुत गरेको छ ।

खेलाडीः निरुता ठगुन्ना (मार्की), आरती सुवेदी, कोपिला राणा, सरस्वती कटेल, उषा विष्ट, वविता बोहोरा, बसन्ती साउद ।
प्रशिक्षकः कोपिला उप्रेती ।
ब्रान्ड एम्बेसडरः नीति शाह ।