२२ जेष्ठ २०८३, शुक्रबार

फक्सवागनका पावरफुल दुई मोडल वट्रस र टाइगुन नेपाली बजारमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रालिले वट्रस सेडान र नयाँ टाइगुन गाडीको लञ्च नाइमा अटो शो मा गरेको छ ।

यी दुवै गाडीहरुमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ । जर्मन प्रविधिबाट निर्मित यी गाडीहरुले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकहरुलाई गराउने कुरामा कम्पनी विश्वस्त रहेको छ । यी दुवै गाडीहरुको अनावरण नाइमा अटो शोमा नेपालका लागि जर्मन राजदूत उदो भोल्जले गरेका थिए ।

अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरुमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सि.सि.बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ । वट्रस जि टी सेडान र टाइगुन एसयूभी विश्वकै उच्चस्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ ।

फक्सवागन वट्रस सेडान

फक्सवागन वट्रस, सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयूभी भन्दा पनि बढी अर्थात १८० मि.मि.को ग्राउण्ड क्लियरेन्सका साथ आउँदछ जसले गर्दा खाल्डा खुल्डीहरुमा पनि गाडी छुने डर हुँदैन । बलियो च्यासिस, पावरफुल ईन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा शहर होस् वा ग्रामीण सडक, सबै ठाउँमा यो गाडी लान सकिन्छ ।

फक्सवागन टाइगुन जी टि एसयूभी

नेपालको बाटोमा सुहाउँदो, १८८ मि.मि.को ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयूभीमा सम्पूर्ण सुरक्षा तथा कम्र्फटका फिचरहरु राखिएको छ । उदाहरणका लागि ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्टायविलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल इत्यादि दुवै मोडलमा राखिएको छ ।

कार्यक्रममा निर्माता कम्पनीको प्रतिनिधित्व गर्दै सेल्जि जोजेफले भने, “यी दुवै मोडल विशेष गरी भारतका बाटो तथा पेट्रोलको गुणस्तरलाई मध्यनजर गरि बनाएको हुनाले नेपालको बाटोमा पनि उपयुक्त हुने कुरामा विश्वस्त छौं । विक्री पश्चात्को पार्टस्को मूल्यहरु पनि अन्य भारतिय गाडीहरु बराबर रहेको हुनाले मर्मत संभार खर्च पनि धेरै कम हुने कुरामा विश्वास दिलाउन चाहन्छु” ।

कार्यक्रममा बोल्दै आयातकर्ता पूजा इन्टरनेशनलका सिईओ विवेक विजुक्छे बताउँछन्, “फक्सवागन पावरफुल इन्जिनका साथ नेपाली बजारमा जर्मन इन्जिनियरङ्गको अब्बलता प्रदर्शन गर्ने उद्देश्यले वट्रस सेडान तथा टाइगुन एसयूभीका साथ आएको छ । विगतमा जस्तै ग्राहकहरुको अत्याधिक समर्थन तथा प्रोत्साहनको अपेक्षा राखेको छु ।”