२३ असार २०८३, मंगलबार

तीज गीत ‘सुनको चुराले’ सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ ।

सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रण भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा– ए सुनको चुराले, लौ दिक्कै पार्‍यौ बुढा तिम्रा कुराले’ जस्ता बोलहरूले गीतलाई रमाइलो र व्यंग्यात्मक बनाएका छन् ।

आदित्य बुढाथोकीको निर्देशन राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतको अभिनय र नृत्य रहेको छ ।

गीतको भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।