२९ आश्विन २०८३, बिहिबार

एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २१ साउन । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) ले मंगलवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो । अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम रजिस्ट्रेसन गराएका थिए ।

एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १ सय ५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । १ सय ५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन् ।

श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १ सय ७ खेलाडी रहेका छन् । १ सय ५० जना खेलाडीले अन्तिम सूचीमा आफुलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुनम गौतम छन् ।