२८ असार २०८३, आइतबार

सुन्दरीजलको खोलामा डुबेर महिलाको मृत्यु

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । काठमाडौंको सुन्दरीजलको खोलामा डुबेर एक जना महिलाको मृत्यु भएको छ।

आइतबार राति गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीमाई मन्दिरस्थित खोलामा ३५ वर्षीया सन्ध्या धामीको डुबेर मृत्यु भएको हो ।

चितवन घर भएर कपन बस्दै आएकी धामी बोलबम गएकी थिइन् । ढुंगामा चिप्लिएर उनी खोलामा खसेको बताइएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।