खोटाङ, १९ साउन । खोटाङमा आज बिहान भएको तीर्थयात्री सवार गाडी दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ ।
हलेसी मन्दिर दर्शन गरेर सिराहातर्फ जाँदै गरे विंगरमध्यपहाडी लोकमार्गअन्तर्गत जयराम-हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा १५ जना घाइते भएका छन् । जसमध्ये गम्भीर ६ जनालाई काठमाडौं लगिँदैछ ।
गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो । माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ ।








प्रतिक्रिया