काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज समापन हुँदैछ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा कमिटीका सदस्यहरुले राखेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै बैठक समापन हुने पार्टी सचिवालयले जानकारी दिएको हो ।
अध्यक्ष प्रचण्डले जवाफ दिनुअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरुङले आ–आफ्नो धारणा राख्नेछन् ।
बैठकमा प्रचण्डको दस्ताबेजमा उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्की लगायत केही नेताले प्रश्न उठाएपनि अधिकांशले समर्थन जनाएका छन् ।









प्रतिक्रिया