११ कार्तिक २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा बुबाको मृत्यु, छोरा घाइते

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, १८ साउन । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।

राममिलनले चलाएको मोटरसाइकलको पछाडि बसेका उनका छोरा विनोद भने घाइते भएका छन् ।

मोटरसाइकल अन्यिन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जानकारी दिएको छ ।