९ असार २०८३, मंगलबार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ३० हजार ४४२ सय कित्ता शेयर आजदेखि बिक्रीमा राखेको हो ।

कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरुले मात्रै यो सूचना जारी भएको ३५ दिभित्र शेयर खरिदका लागि आवेदन दिन सक्छन् । लगानीकर्ताले प्रतिकित्ता २०३ रुपैयाँमा शेयर रिद गर्न सक्नेछन् । संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।