२१ असार २०८३, आइतबार

एमएफएन च्याम्पियन रविन्द्रलाई प्रधानमन्त्री ओलीको बधाई

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बनेका नेपालका रविन्द्र ढाँटलाई बधाई दिएका छन् ।

गएराति भारतको नोएडामा भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै रविन्द्र च्याम्पियन बनेका थिए । योसँगै रविन्द्र एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका छन् ।

‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।’ प्रधानमन्त्ती ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।