७ असार २०८३, आइतबार

भरतपुर राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, १७ साउन । भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलमा भरतपुर महानगर कमिटी विजयी भएको छ । आज भएको खेलमा भरतपुर महानगर कमिटीले इच्छाकामना गाउँ कमिटीलाई हराएको हो ।

कृष्णपुरको मैदानमा भएको खेलमा भरतपु १–० ले विजयी भयो । भरतपुरको जितमा बेताप लामाले एक मात्र गोल गरे । उनले खेलको सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यो जितसँगै भरतपुर सेमिफाइनलमा प्रवेश गरेको छ । भरतपुरका रोजल दाहाल प्लेयर अफ दि म्याच भए ।

प्रतियोगितामा भोलि राष्ट्रिय युवा संघ राप्ती नगर कमिटी र रत्ननगर नगर कमिटी भिड्नेछन् । खेल दिउँसो बजे हुनेछ । राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ ।

८ टोली सहभागी प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।