
काठमाडौं, १७ साउन । ग्लोबल अनप्याक्ड पश्चात सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ अल्ट्रा पातलो, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्ट फोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रि–अर्डर गर्न मिल्ने जनाएको छ ।
ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र एआई प्रविधिलाई एकसाथ ल्याएको छ । यो डिभाइसले अल्ट्रा स्मार्ट फोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
ग्यालेक्सी जेड फ्लिप७ चाहिँ स्मार्ट एआई फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो । यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ, फ्ल्यागशिप क्यामेरा, एज–टु–एज फ्लेक्सविन्डो, र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउने कम्पनीले जनाएको छ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी जेड फोल्ड७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ । ग्यालेक्सी एआई र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ ।”
यसैगरी, ग्यालेक्सी जेड फ्लिप७ ले परिष्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ । अब यो स्क्रिनमा अझ धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्शन सम्भव छ, फोन खोल्नु नपरीकनै । दुईवटा क्यामेराको वरिपरि रहेको बेझेल मात्र १.२५ मिमी मोटाइको छ र ४.१ इन्चको फ्लेक्सविन्डोले पूरै सतह ओगटेको छ, जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ । फोन फोल्ड गरिएको अवस्थामा पनि प्रयोगकर्ताले फ्लेक्सविन्डोबाटै दैनिक कामहरू सजिलै गर्न सक्छन्, जसले पकेटबाट झिकेर सिधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ । फ्लिप७ को मुख्य क्यामेरा अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटीकता दिन्छ भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधार मार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको कम्पनीको भनाइ छ ।
नेपालमा यी स्मार्ट फोनहरू २५६जीवी भेरियन्टमा अगस्ट ७ (साउन २२) देखि प्रि–अर्डर लिनका लागि यहाँ क्लिक गरी स्टेपहरू पूरा सकिन्छ ।








प्रतिक्रिया