२९ जेष्ठ २०८३, शुक्रबार

कप्तान साम्बा नगदसहित सम्मानित

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १७ साउन । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् ।

शनिबार हेटौंडामा आयोजित एक विशेष कार्यक्रममा साम्बा सम्मानित भएकी हुन् ।

‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ कार्यक्रममा सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

देश तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला फुटबलको पहिचान बनाउने उनको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजक सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङले जानकारी दिइन् । कार्यक्रममा स्थानीय नेताहरू, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो ।

सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष गुरुङले भनिन्, ‘साम्बाले आफ्नो मेहनत र लगनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन् । हामी उनको योगदानको उच्च मूल्यांकन गर्छौँ ।’

सावित्राले सम्मानप्रति आभार व्यक्त गर्दै भनिन्, ‘यो सम्मानले मलाई अझ बढी प्रेरणा मिलेको छ । म अझ कडा मेहनत गरेर देशलाई गौरवान्वित गराउने छु ।’

साम्बा हालसम्म नेपाली महिला फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । उनले घरेलु तथा विदेशी क्लबहरूमा समेत सफलता हासिल गरेकी छन् ।