१८ असार २०८३, बिहिबार

नेपालसँग खेल्ने स्ट्राइक टोली घोषणा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ साउन । अस्ट्रेलियामा अर्को महिना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग खेल्ने आयोजक नर्दन टेरिटोरी स्ट्राइकको टोली घोषणा भएको छ ।

नर्दन टेरिटोरी क्रिकेटको आयोजनमा अगस्ट १४ देखि २४ सम्म हुने प्रतियोगिताका लागि आफ्नो १५ सदस्यीय टोली शनिवार घोषणा गरेको हो ।

टोलीमा अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोलीको प्रतिनिधित्व गरिसकेका खेलाडीहरु समेत छन् । अस्ट्रेलियाका लागि ओडिआई र टि ट्वान्टी आई खेलिसकेका डार्सी शर्ट र केन रिचर्डसन टोलीमा र छन् ।

त्यस्तै बिग बास लिग (बिबिएल) तथा अस्ट्रेलियाका लागि उमेर समूहको प्रतिनिधित्व गरिसकेका अन्य क्रिकेटर पनि टोलीमा छन् ।

नेपाली टोलीले स्ट्राइकसँग अगस्ट १५ मा खेल्दै प्रतियोगिताको को सुरुवात गर्नेछ । एनटीको आयोजनामा हुने टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ ।

सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यस्तै सिरिजमा बिबिएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरुको सहभागी हुने छन् । स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने छ ।

खेलतालिका अनुसार खेलहरु ५ वटा स्थानिय मैदानमा हुनेछ । अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।

खेल तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।

चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौं खेलमा अगस्ट २२ (भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।

नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल २४ अगस्ट (भदौ ८) मा हुनेछ ।

नर्दन टेरिटोरी स्ट्राइकको टोली

आर्ची म्याककोर्मिक, क्याडेल म्याकमोहन, चार्ली स्मिथ, कोनर क्यारोल, डार्सी शर्ट, हामिश मार्टिन, जेकब डिकम्यान, जय अलम्यान, जेक वेदरल्ड, जोर्डन सिल्क, केन रिचर्डसन, म्याट ह्यामन्ड, साम एल्डर, टम एन्ड्रयूज, टम मेन्जीज