१६ असार २०८३, मंगलबार

प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । गायक तथा अभिनेता प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक भएको छ ।

प्रकाशको आफ्नै युट्युब च्यानलमार्फत शुक्रबार राति सार्वजनिक गीत ‘नाइँ भनेसी नाइँ’ मा चर्चित गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानले स्वर दिएका छन् ।

‘बदला बरिलै २’को रुपमा सार्वजनिक ‘नाइँ भनेसी नाइँ’को भिडियोमा अभिनेत्री रेखा थापा, प्रकाश सपुत, संजोग बराइली, सिम्रन खड्का लगायतको अभिनय छ ।

गीतमा शब्द तथा संगीत प्रकाशको छ भने संगीत संयोजन श्यामश्वेत रसाईलीले गरेका हुन् ।

गीतमार्फत प्रकाशले जबरजस्तीकरणी विरूद्धको आवाज उठाएका छन् ।

‘नेपालमा औसत दैनिक ७ जना महिला तथा बालिका बलात्कृत हुन्छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा ११ हजार ९ सय ४९ जना महिला तथा बालिका जबरजस्ती करणीबाट प्रताडित भएका छन् । अघिल्लो आथिक वर्षको तुलनामा जबरजस्ती करणीका घटनामा ५ प्रतिशतले वृद्धि भएको छ’ गीत सार्वजनिक गर्दै प्रकाशले भनेका छन्, ‘जबरजस्तीकरणी अक्षम्य अपराध हो । यो तीज गित ‘नाइँ भनेसी नाइँ (बदला बरिलै २)’ जबरजस्तीकरणी विरुद्धको एउटा आवाज हो । हामीलाई विश्वास छ तपाईंले पनि आवाजमा आवाज मिसाउनु हुनेछ । धन्यवाद’