१० असार २०८३, बुधबार

उदयपुरमा ८१ बर्षको उमेरमा वृद्धाले पाइन् बंशजको नागरिकता

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अन्जनी कुमार अधिकारी

उदयपुर, १६ साउन । उदयपुरमा एक जना वृद्धाले ८१ बर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् ।

जिल्लाको चौदण्डीगढी नगरपालिका ४ बसाहाकी कालमायाले ८१ बर्षको उमेरमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

उमेरले ८१ बर्ष पुगेपनि सामाजिक सुरक्षा भत्ताबाट बञ्चित रहेकी उनलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

पहिला नागरिकता नबनाएकी कालमायाको पछि श्रीमानको पनि मृत्यु भएपछि बिना नागरिकता बस्न बाध्य भएकी थिइन् । नागरिकता नभए पछि उनि सामाजिक सुरक्षा भत्ता समेतबाट बन्चित बनेकी थिइन । शुक्रबार वडा अध्यक्ष लुङ्गा राज राईको समन्वयमा उनलाई बंशजको नेपाली नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार नागरिकता नभएर सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएको खबर जनप्रतिनिधिहरूमार्फत जानकारी पाएपछि उनले वडाका सबै प्रक्रिया पु¥याएर आज नागरिकता प्रदान गरेका जानकारी दिए । कालमायाका पाँच छोरा र दुई छोरी छन् ।