२३ जेष्ठ २०८३, शनिबार

चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । गएराति पक्राउ परेका गुण्डा नाइके चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा प्रहरीले थप अनुसन्धानाका लागि म्याद लिएको हो ।

म्याद थप हुनेहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के।सी।, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्। अरूलाई भने हाजिरी जमानीमा छोडिएको हो।

जन्मदिन मनाउने बहानामा आतंक फैलाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई महाराजगन्जको साम्बाला होटलमा बर्थडे सेलिब्रेसन गरिरहेको बेला पक्राउ गरिएको थियो ।