
काठमाडौं, साउन १६ । नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले पार्टी बिभाजन गरेकोमा पछुतो गर्ने बिन्दुमा पुगिरहेको बेला ग्रासरुटका अधिकांश नेता कार्यकर्ताहरु आफ्नो पुरानो घर नेकपा एमालेमा फर्कन थालेका छन् ।
माधव नेपालले आफ्नो ब्यक्तिगत स्वार्थ र चरम पदमोहका एमालेबाट ‘बिद्रोह’ को नाममा पार्टी बिभाजन गरेको तथ्य थाह पाएपछि पुरानो घर फर्कने क्रम ह्वात्तै बढेको हो ।
यही क्रममा आज नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेशका नेताहरु मुलघर एमालेमै फर्किएका छन् । एमालेमै फर्कनेमा पेशागत महासंघ बागमती प्रदेशका कार्यबहाक अध्यक्ष डा. लछी सिंहसहित मकवानपुर इन्द्रसरोवर गाउँपालिकाका अधिकांश नेताहरु छन् ।
पालिका कमिटी अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेत, सचिवालय सदस्यहरु जगत स्याङतान, दिपेश थोकर, अनिल रुम्बालगायत एमालेमा फर्किएका हुन् ।
उनीहरूलाई एमाले केन्द्रीय कार्यालयमा महासचिव शंकर पोखरेल, बागमती इञ्चार्ज डा. राजन भट्टराई, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलासहितका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रममा पेशागत महासंघका १३ वटा जिल्ला अध्यक्षसमेत एमालेमै फर्किएको जानकारी दिइएको थियो ।









प्रतिक्रिया