५ असार २०८३, शुक्रबार

सामाजिक सञ्जालमा एमाले विरूद्व भएका भ्रामक प्रचारको पछाडि लाग्नुहुँदैन : ईश्वर पोखरेल

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पाखरेलले पार्टी एकताबद्व भएर अगाडि बढ्नु पर्ने बताएका छन् ।

आज अखिल नेपाल महिला संघ काठमाडौं क्षेत्र नम्बर-५ को तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीलाई कमजोर बनाउने गतिविधी कसैले गर्न नहुने बताएका हुन् ।

पार्टीले गरेको निर्णयका आधारमा नेता कार्यकर्ता अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । अहिलेको राष्ट्रिय शक्ति एमाले रहेको भन्दै उनले एमाले बिना देश चल्न नसक्ने स्पष्ट पारे । देशलाई समृद्विको बाटोमा अगाडि बढाउने एकमात्रै पार्टी एमाले भएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा एमालेविरूद्व भ्रामक प्रचार भइरहेको भन्दै उनले त्यस्ता भ्रामक प्रचारको पछाडि लाग्न नहुने स्पष्ट पारे । महिलाको हक हितको आवाज उठाउने पहिलो पार्टी एमाले भएको उनले बताए ।

महिलाको ३३ प्रतिशत सहभागीता साथै आमाको नामबाट नागरिकता पाउने प्रवन्ध एमालेकै पालामा भएको उनले बताएका हुन् ।