३१ जेष्ठ २०८३, आइतबार

एमाले विभाजन गर्नु गलत रहेछ : झलनाथ खनाल

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले नेकपा ९एमाले० विभाजन गर्नु गलत भएको बताएका छन् ।

एक अन्तरवार्ताका क्रममा उनले एमालेबाट विद्रोह गर्नु गलत भएको बताएका हुन् ।

‘जतिबेला पार्टी विभाजन गरियो, त्यो गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु। एमालेमा जुन विद्रोह गरियो। अहिलेसम्म पुष्टि नै भएन। पुष्टि नहुनुको अर्थ गलत भयो। मलाई त्यो अनुभूति भयो,’ खनालले भने।

एमाले कम्युनिस्ट आन्दोलनको राम्रो संस्था भएको उनको भनाइ छ । ‘एमाले संस्था हो, नेपाली कम्युनिष्ट आन्दोलनको राम्रो संस्था बनाइएको थियो’, खनालले भने, ‘त्यो संस्थालाई छाड्ने, विद्रोह गर्ने कुरा गलत भयो।’