
काठमाडौं, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन् । यो अगस्ट ७ देखि लागू हुनेछ ।
दक्षिण एसियामा भारतमा २५ प्रतिशत र पाकिस्तानमा १९ प्रतिशत भन्सार शुल्क लगाइएको छ । दक्षिण एसियामा पाकिस्तानमा सबैभन्दा कम भन्सार शुल्क छ । अमेरिकाले यसअघि पाकिस्तानमा २९ प्रतिशत कर लगाएको थियो भने भारतमा १० प्रतिशत कर लगाउँदै आएको थियो ।
यस्तै, अमेरिकाले सिरियामा विश्वकै उच्चतम ४१ प्रतिशत भन्सार शुल्क लगाएको छ । अमेरिकाले भन्सार शुल्क लगाएको ९२ देशको सूचीमा चीनको नाम समावेश छैन ।
ट्रम्पले अप्रिल २ मा विश्वभरका देशहरूमा कर लगाउने घोषणा गरेका थिए, तर ७ दिन पछि मात्र ९० दिनको लागि स्थगित गरे । केही दिनपछि ट्रम्पले जुलाई ३१ सम्मको समय दिएका थिए । यसपछि ट्रम्प सरकारले ९० दिनमा ९० वटा सम्झौता गर्ने लक्ष्य राखेको थियो । यद्यपि, अमेरिकाले हालसम्म केवल ७ देशहरूसँग मात्र सम्झौता गर्न सकेको छ ।








प्रतिक्रिया