३० जेष्ठ २०८३, शनिबार

एनपिएलको पहिलो सिजनमा मा २७ करोड बढीको कारोबार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १६ साउन । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा कुल २७ करोड ६८ लाख रुपैयाँ कारोबार भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमितिको बिहिवार बसेको बैठकमा एनपिएलको आयव्यय विवरण प्रस्तुत गरिएको थियो ।

एनपिएलबाट २ करोड ४६ लाख लाख रुपैयाँ बचत गरेको क्यानले जारी विज्ञप्तिमा उल्लेख छ । सो विवरण अनुसार एनपिएल आयोजनाको लागि कुल २० करोड १५ लाख खर्च भएको छ ।

फ्रेन्चाइज टोलीलाई टिकट र कमर्सियल राईट बाट उठेको रकमबाट १५ प्रतिशत कर काटेर उठेको रकमको ५० प्रतिशत प्रदान गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । ८ फ्रेन्चाइज टोलीले कुल ४ करोड ३७ लाख प्राप्त गरे ।

क्यानका प्रत्येक प्रदेश संघलाई १० लाख प्रदान गरिने भने अनुरुप ७ प्रदेशलाई कुल ७० लाख प्रदान गरिएको छ । त्यो बाँडफाँड अगाडि क्यानले खुद ७ करोड ५३ लाख आय गरेको जनाएको छ ।

क्यान दोस्रो एनपिएलको तयारीमा जुटिसकेको छ । यसबाहेक अन्य विषयको जानकारी केहि दिनमा गराउने पनि प्रवक्ता छुम्पी लामाले बताए ।