
काठमाडौं, १५ साउन । नेपाल क्रिकेट संघ (क्यान) को आज बसेको बोर्ड बैठकमा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्नेमा सबै एकमत देखिएका छन् ।
बैठकपछि सचिव पारस खड्काले एनपीएलको दोस्रो संस्करण हुनुपर्नेमा सबैको एकबद्ध रहेको बताएका हुन् ।
‘केही सदस्यहरुले खर्चको विवरण अझै विस्तृत भयो भने हामीलाई सजिलो हुन्छ भन्ने क्रममा एनपीएल अघि बढ्नुपर्छ । एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ’, उनले भने ।
बैठकमा नेपाल क्रिकेट संघको स्रोत, आम्दानी साथै खर्चको सबै विवरण पनि बोर्डमा पेश गरिएको जानकारी दिए ।








प्रतिक्रिया