५ श्रावण २०८३, मंगलबार

सामसङ ग्यालेक्सी वाच८ सिरिज नेपाली बजारमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ । यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी, र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको कम्पनीले जनाएको छ । दिनभरि लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट वेरेबल प्रविधिमा नयाँ आयाम थपेको छ ।

ग्यालेक्सी वाच८ अझ पातलो डिजाइन, ब्राइट स्क्रिन र प्रिसाइस स्वास्थ्य ट्र्याकिङका लागि अपग्रेड गरिएको बायोएक्टिभ सेनसरसहित जडित छ । अब जेमिनी एआईको सहायताले यो वाचलाई भोइस कमान्ड दिएर नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ ।

सामसङ हेल्थ जस्ता एपहरूबाट अपडेट पाउने, मेसेज पठाउने वा व्यायाम सुरु गर्ने जस्ता सबै काम स्वाभाविक आवाज आदेशमार्फत, हात नचलाइ नै गर्न सकिन्छ । ग्यालेक्सी वाच८ले अबको स्मार्ट वाच अनुभवलाई अझ व्यक्तिगत, सहज र स्वास्थ्य केन्द्रित बनाएको छ ।

ग्यालेक्सी वाच८ सिरिज आफ्नो सुलभ र आकर्षक डिजाइनमा छ । पहिलेभन्दा झनै पातलो, हलुका र हातमा सहज लाग्ने बनावटले यसलाई लामो समयसम्म लगाउन उपयुक्त बनाएको छ । यसमा प्रयोग गरिएको मेटलको फ्रेम र स्किनलाई नझ्याप्ने ब्यान्डले आरामदायक अनुभव दिन्छ । यो वाचको मिनिमलिस्ट शैली व्यायामदेखि अफिस मिटिङसम्मका सबै पहिरनमा सुहाउँछ । यो स्टाइलिस मात्रै होइन, हातमा लगाउँदा झर्को पनि लाग्दैन, एकदमै सहज लाग्छ ।

ग्यालेक्सी वाच ८ क्लासिकको ४६ एमएमको मूल्य ७४ हजार ९९९ रुपैयाँ छ । ४० एमएम ग्राफाइटको ५४ हजार ९९९ रुपैयाँ, ४४ एमएमको ५९ हजार ९९९ रुपैयाँ मूल्य रहेको कम्पनीले जनाएको छ ।