२८ जेष्ठ २०८३, बिहिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार भइरहेको छ ?

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ साउन । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४० रुपैयाँले घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको हो ।