२२ जेष्ठ २०८३, शुक्रबार

दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिए

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी टि ट्वान्टी आई वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको पछिल्लो वरीयताको अलराउण्डर वरियता तर्फ दीपेन्द्र एक स्थान सुधार गरेर दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि दोस्रो स्थानमा रहेका रोस्टन चेस सात स्थान तल झदै नवौं स्थानमा पुगेपछि दीपेन्द्र दोस्रो स्थानमा उक्लिएका हुन् ।

टि ट्वान्टी आईको ब्याटिङ वरीयतामा भने दीपेन्द्र र कप्तान रोहित कुमार पौडेलको स्थान झरेको छ । टि ट्वान्टी आई तर्फ नै कुशल भुर्तेल र आसिफ शेखको ब्याटिङ वरीयता भने बढेको छ ।

टि ट्वान्टी आईको बलिङ तर्फ भने ललित नारायण राजवंशीले दुई स्थान सुधार गर्दै ५६औं स्थानमा उक्लिएका छन् ।