काठमाडौं, १४ साउन । कांग्रेस संसदीय दलको नेता चयनका लागि गोप्य मतदान सुरु भएको छ । बागमती प्रदेश सभा भवन परिसरमा निर्वाचन सुरु भएको हो ।
संसदीय दलको नेताका लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र कांग्रेस सभापति इन्द्र बहादुर बानियाँ प्रतिस्पर्धामा रहेका छन् । संसदीय दलका नेता रहेका लामा विरुद्ध हिजो (मंगलबार) मात्र अविश्वासको प्रस्ताव पारित भएको थियो ।
तामाङविरुद्ध अविश्वासको प्रस्ताव पारित भएसँगै नयाँ संसदीय दलको नेता चयनका लागि मतदान हुन लागेको हो । कूल ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसको ३७ सिट रहेको छ । जसमध्ये बानियाँ पक्षमा २२ सांसद देखिएका छन् भने तामाङको पक्षमा १५ सांसद रहेका छन् ।








प्रतिक्रिया