८ श्रावण २०८३, शुक्रबार

एमालेले रोक्यो बागमतीमा नवनियुक्त मन्त्रीको शपथ

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ साउन । नेकपा (एमाले) ले बागमती प्रदेशका नवनियुक्त तीनजना मन्त्रीको शपथ रोकेको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाले आज गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेकामा एमालेले शपथ नखुवाउन आग्रह गरेपछि रोकिएको हो ।

मंगलबार कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाइएका मुख्यमन्त्री लामाले आफूविरूद्व षड्यन्त्र भएको भन्दै पद नछाड्ने अडान लिँदै आएका छन् ।