
काठमाडौं, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले फेरि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
हिजो मत विभाजनमा दलको नेताबाट बाहिरिएका लामाले निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेस संसदीय दलले अविश्वास प्रस्ताव पारित गर्दै उनलाई दलको नेताबाट हटाएका हो । नयाँ दलको नेता चयनका लागि निर्वाचन हुन लागेकामा उनले सांसद तीर्थ लामाको प्रस्ताव तथा अर्थमन्त्रीसमेत रहेका कुन्दन काफ्लेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्। पार्टी केन्द्रले नै उनीप्रति असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्रीबाट पनि हटाउन खोजिरहेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले नै लामालाई हटाएर इन्द्र बानिँयालाई मुख्यमन्त्री बनाउन लागेका हुन् । आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।









प्रतिक्रिया