२९ असार २०८३, सोमबार

अस्ट्रेलियाका लागि खेलेका सदरल्याण्डले नेपालविरुद्ध खेल्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

 

काठमाडौं, १४ साउन । अस्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीबाट खेलेका विल सदरल्याण्डले नेपालविरुद्ध खेल्ने भएका छन् । अस्ट्रेलियामा आगामी १४ अगस्टबाट सुरु हुने टप इण्ड सिरिजमा नेपालविरुद्ध खेल्ने मेलवर्न रेनेगेड्स एकेडेमी टोलीबाट सुदरल्याण्डले खेल्ने भएका हुन् । सदरल्याण्डले अस्ट्रेलियाका लागि दुई ओडिआई खेल खेलिसकेका छन् ।

अलराउण्डर रहेका सदरल्याण्डले दुई ओडिआई खेलमा १८ रन बनाउँदा २ विकेट लिएका छन् । उनले सन् २०२४ को फेब्रुअरीमा वेस्ट इण्डिजविरुद्ध दुवै खेल खेलेका थिए । सदरल्याण्ड बिग बास लिग (बिबिएल) मा २०१८१९ को सिजन यता रेनेगेड्सका नियमित सदस्य हुन् ।

विलले बिबिएलमा ६३ खेल खेल्दै ६ सय ३० रन तथा ३६ विकेट लिएका छन् । नेपाली टोली सदरल्याण्डआबद्ध रेनेगेड्सको एकेडेमी टोलीसँग २० अगस्ट (भदौ ४) मा खेल्ने तालिका छ । केही दिन अघि रेनेगेड्सले जारी गरेको टिममा सुदरल्याण्ड समेत अटाएका हुन् ।

एनटीको आयोजनामा हुने तेस्रो संस्करणको टप इण्ड सिरिजमा ११ टोलीको सहभागिता रहनेछ । सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।

त्यस्तै सिरिजमा बिबिएलका हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टोलीहरुको सहभागी हुने छन् । स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने छ ।

खेलतालिका अनुसार खेलहरु पाँच वटा स्थानिय मैदानमा हुनेछ । अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ ।

खेल तालिका अनुसार नेपालको पहिलो खेल अगस्ट १५ (साउन ३०) मा नर्दन टेरिटोरी स्ट्राईकसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले १६ अगस्ट मा बंगलादेश ‘ए’ टिमसँग खेल्नेछ । तेस्रो खेलमा मेनवर्न स्टारको एकेडेमी टिमसँग १८ अगस्ट (२ भदौ) मा बिहान हुनेछ।

चौथो खेलमा होर्बट हरिकेन्सको एकेडेमी टोलीसँग १९ अगस्ट (भदौ ३) खेल्नेछ । पाँचौ खेल २० अगस्ट (भदौ ४) मा मेलवर्न रेनेगेड्सको एकेडेमी टोलीसँग खेल्नेछ । छैटौं खेलमा अगस्ट २२ (भदौ ६) मा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।

नेपालले समूह चरणमा ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहने टोलीका बीचमा सेमिफाइनल हुनेछ । सेमिफाइनल र फाइनलका खेल २४ अगस्ट (भदौ ८) मा हुनेछ ।