
काठमाडौं, १४ साउन । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा १४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो मंगलबार सुन तोलामा १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार ३०० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बुधबार १० रुपैयाँले बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।









प्रतिक्रिया