२७ असार २०८३, शनिबार

महिला एशियन कपमा पूर्वविजेता चीन र उत्तर कोरिया एउटै समूहमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ साउन । आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एशियन कपको ’ड्र’ सार्वजनिक भएको छ । अस्ट्रेलियाको सिड्नीमा आज एक कार्यक्रमको बीच एशियाली फुटबल महासङ्घ (एएफसी) ले प्रतियोगिताको ’ड्र’ सार्वजनिक गरेको हो ।

समूह ’ए’ मा आयोजक अस्ट्रेलिया, दक्षिण कोरिया, इरान र फिलिपिन्स छन् । समूह ’बी’ मा उत्तर कोरिया, पूर्वविजेता चीन, बङ्गलादेश र उज्बेकिस्तान छन् । समूह ’सी’ मा जापान भियतनाम, भारत र ताइवान छन् ।

महिला एशियन कपमा चीन सबैभन्दा सफल टोली हो । चीनले अहिलेसम्म ९ पटक उपाधि जितेको छ । यस्तै उत्तर कोरिया ३ पटकको विजेता हो ।

प्रत्येक समूहका शीर्ष दुई टोली र तेस्रो स्थानमा रहेका उत्कृष्ट दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । महिला एशियन कप सन् २०२६ मार्च १ देखि २१ सम्म अस्ट्रेलियाका सिड्नी, पर्थ र गोल्ड कोस्ट तीन ठाउँमा आयोजना हुनेछ ।

प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टोली सीधै सन् २०२७ मा ब्राजिलमा हुने फिफा महिला विश्वकपमा छनोट हुनेछन् । यस्तै क्वाटरफाइनलमा पराजित हुने टोलीहरू प्लेअफमा पुग्नेछन् र त्यहाँबाट थप दुई टोली विश्वकपमा छनोट हुनेछन् ।