२१ जेष्ठ २०८३, बिहिबार

अस्ट्रेलियाद्वारा सिरिजमा क्लिन स्विप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको ५ टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । पाँचौ खेलमा आज ३ विकेटको जित निकालेको अस्ट्रेलियाले ५–० ले जितेको छ । १ सय ७१ रनको लक्ष्य अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका मिचेल ओविन १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३७ रन बनाए ।

क्यामरुन ग्रिन १८ बलमा ५ चौकाको सहयोगमा ३२ रन जोडे । टिम डेबिड १२ बलमा ३०, कप्तान मिचेल मार्श ८ बलमा १४ तथा जोस इङ्ग्लिस ५ बलमा १० रनमा आउट भए । आरोन हार्डी २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रनमा अविजित रहे । वेस्ट इण्डिजका अकिल होसेनले ३ तथा अल्जारी जोसेफ र जेसन होल्डरले समान २ विकेट लिए । त्यसअघि वार्नर पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ७० रन बनायो ।

वेस्ट इण्डिजका शिमरन हिटमायरले ३१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । शरफन रादरफार्ड १७ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए । जेसन होल्डर २०, म्याथ्यु फोर्ड १५ तथा अकिल होसेन र ब्राण्डन किंग समान ११ रनमा आउट भए ।

अस्ट्रेलियाका बेन ड्वाशुसले ३, नाथन एलिसले २ तथा आरोन हार्डी, सन एबट, ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १ विकेट लिए । टि ट्वान्टी आई सिरिज अघि भएको ३ टेस्टको सिरिज पनि अस्ट्रेलियाले क्लिन स्विप गरेको थियो । एजेन्सी