३१ जेष्ठ २०८३, आइतबार

८.१७ प्रतिशत ब्याजदरमा ‘एनआईसी एशिया अठोट लोन एगेन्स्ट शेयर’ योजना सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । एनआईसी एशिया बैंकले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एशिया अठोट लोन एगेन्स्ट शेयर’को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । गतिशील बैंकिङको अभ्यास गर्दै आम ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरू माझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको शेयर बजारलाई सम्बोधन गर्नेगरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप)मा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा रकम प्राप्त गर्नसक्ने व्यवस्था बैंकले गरेको छ ।

प्रतिस्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरुप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन बैंकले गरेको छ ।

ग्राहकहरूको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा लगायतको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’को समेत स्थापना गरेको छ ।