२४ जेष्ठ २०८३, आइतबार

पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । पुजन काफ्लेले तीजको नयाँ गीत सार्वजनिक गरेकी छन् ।

तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा स्वर नै काफ्लेको छ । आदेश गुर्मछानको संगीत संयोजन छ ।

गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।

केशवराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।