३ श्रावण २०८३, आइतबार

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशतसम्म छुट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ साउन । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रालिबीच बैंकका ग्राहकहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले जनरल हस्पिटल सेवाहरु (ल्याब टेस्ट, बेड चार्ज, आईसीयू, पोस्ट अप बेड चार्ज)मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु (डेन्टल फिलिङ, डेन्टल स्केलिङ, आरसीटी र एक्स्ट्राक्सन ईटीसी)मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा (डेन्टल इम्प्लान्ट्स, भेनीर, ब्रेसेस अलाइनर, डर्माटोलोजिस्टमा)मा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् ।

ग्राहकहरुले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर/कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा छुट प्राप्त गर्न सक्नेछन् भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।