२१ असार २०८३, आइतबार

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, १२ साउन । लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना (२०८१–२०८६) आज (सोमबार) सार्वजनिक गरेको छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा कार्ययोजना सार्वजनिक गरिएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृतगगरी कार्ययोजना तयार पारी कार्यान्वयनमा लैजाने प्रदेशमा लुम्बिनी पहिलो भएको हो ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनानुदिन गहिरिँदै गइरहेका बेला प्रदेश सरकारले दीर्घकालीन रणनीतिसहितको कार्ययोजना ल्याएको जनाएको छ । राष्ट्रिय सर्वेक्षणअनुसार लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताले जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगेका छन् भने हाल ५ दशमलव ४ प्रतिशतले यस्तो समस्या अनुभव गरिरहेका छन् ।

सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश आत्महत्या दरको हिसाबले तेस्रो स्थानमा पर्छ । प्रदेशमा प्रति एक लाख जनसङ्ख्यामा २६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच र माग दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८÷८० मा १७ हजार सात सय ८८ जनाले मानसिक स्वास्थ्य सेवा लिएका थिए । आव २०८०÷८१ मा सेवा लिनेको सङ्ख्या दोब्बरभन्दा बढी बढेर ३५ हजार चार सय ११ पुगेको थियो ।

हालै सम्पन्न आर्थिक वर्ष २०८१÷८२ मा भने सेवा लिनेको सङ्ख्या ३४ हजार तीन सय ८५ रहेको मन्त्रालयले जनाएको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा केही कमी आए पनि पछिल्ला तीन वर्षको समग्र प्रवृत्तिले प्रदेशमा मानसिक स्वास्थ्यप्रति जनचेतना र सेवा उपयोगितामा विस्तार भइरहेको स्पष्ट सङ्केत गरेको देखिन्छ ।

कार्ययोजनाले मानसिक स्वास्थ्य सेवालाई समुदायमै पु¥याउने, मानव अधिकारको संरक्षण गर्ने, तथ्यमा आधारित सेवा प्रवाह गर्ने र सरकारी, निजी तथा गैरसरकारी निकायबीच सहकार्य र समन्वय बढाउने लक्ष्य राखेको सिएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले जानकारी दिए ।

कार्ययोजनामा ‘मानसिक स्वास्थ्य प्रवद्र्धन’ प्राथमिक क्षेत्रको रूपमा पहिचान गरिएको छ । विद्यालय र बालबालिकालाई लक्षित गर्दै मानसिक स्वास्थ्यसम्बन्धी विशेष कक्षा, पाठ्यक्रम समायोजन, अभिमुखीकरण तथा परामर्श सेवा, खेलकुद, स्वास्थ्य प्रदर्शनी, ¥याली, योग प्रशिक्षण, तथा जीवन सीप अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।