
काठमाडौं, १२ साउन । इङ्ल्याण्डले महिला युरो कपको उपाधि जितेको छ । योसँगै इङ्ल्याण्डले लगातार दोस्रो पटक युरो कपको उपाधि जितेको हो ।
गएराति सम्पन्न फाइनल खेलमा इङ्ल्याण्डले स्पेनलाई पेनाल्टी सुटआउटमा स्पेनलाई ३–१ गोल अन्तरले पराजित गर्दै युरो कप जितेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवैले १–१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।








प्रतिक्रिया