२९ आश्विन २०८३, बिहिबार

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, ११ साउन । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २०८२ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुको लागि भैरहवामा ‘नेशनल लाईफ गाला कन्सर्ट’ सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उद्घाटन गरेको कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेण्टसम्बन्धी प्रशिक्षण समेत प्रदान गरिएको थियो । प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरी पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेका थिए भने त्यसपश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतीले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अप कमेडीयन सुमन कोइरालाको कमेडी प्रस्तुतीसहित नेपालका चर्चित कलाकारहरु प्रकाश सपुत, समीक्षा अधिकारी, बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगितिक प्रस्तुती रहेको थियो ।

यसैगरी, चर्चित डि.जे. डिजे अमुको प्रस्तुतीमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ताहरुको माग तथा चाहानालाई मध्येनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्सर्टलाई निरन्तरता दिएको र यस योजनालाई देशैभरीका अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए ।