
काठमाडौं, ११ साउन । काठमाडौंको माछापोखरीमा तरकारी किन्न निस्किएकी एक महिलामाथि लुटपाट भएको छ ।
काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित तरकारी बजारमा शनिबार बिहान तरकारी किन्ने क्रममा सामाखुसी टाउनप्लानिङ बस्ने ५१ वर्षीया लक्ष्मी घिमिरेको दुई तोला २५ लालको सिक्री लुटपाट भएको हो ।
घटनापछि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारकेश्वर बस्ने २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ छन्।
प्रहरीले उनीहरूको साथबाट सिक्री, आइफोन लगायत बरामद गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया