
काठमाडौं, ११ साउन । कीर्तिपुरस्थित त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन स्तरोन्नतिको काम भइरहेको छ । मैदानमा प्यारापिट सिट जडान कार्य भएको छ ।
रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र प्यारापिट, फ्लड लाइटसहितको रंगशाला बनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले एक महिना अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेका थिए ।

प्रधानमन्त्री ओलीले प्यारापिट र फ्लड लाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेकोमा गम्भीर चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीसँग छलफल गर्दै दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए ।

तस्वीरहरु : नेपाल क्रिकेट संघ (क्यान)








प्रतिक्रिया