२१ जेष्ठ २०८३, बिहिबार

गीता पौडेल प्रेस चौतारी नेपाल शिवराज नगर अध्यक्षमा चयन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्ण पौडेल

कपिलवस्तु, ९ साउन । प्रेस चौतारी नेपाल शिवराज नगर समितिको दोस्रो अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ।

अधिवेशनले सर्वसम्मत निर्णय गर्दै गीता पौडेललाई अध्यक्षमा चयन गरेको हो । शुक्रबार सम्पन्न अधिवेशनमार्फत पौडेलको नेतृत्वमा ९ सदस्यीय नगर समिति गठन गरिएको छ । समितिमा यशोदा सुनार उपाध्यक्ष, आरती परियार सचिव, नन्दकिशोर ९लालु० चौधरी सह–सचिव र गौतम यादव कोषाध्यक्षमा चयन भएका हुन्।

त्यसैगरी सदस्यहरूमा सबिना अधिकारी, कमला काफ्ले र हसिना थारु निर्वाचित भएका छन्।

नवगठित नेतृत्वले पत्रकारिता क्षेत्रसँगै सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, नगर समितिका विभिन्न गतिविधिहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना रहेको बताइएको छ।

अधिवेशन तथा निर्वाचन समारोहमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश महासचिव हरि अधिकारी, सदस्य कमल बिष्ट, नेकपा (एमाले) कपिलवस्तुका सचिव चन्द्रबहादुर गहतराज, प्रेस चौतारी जिल्ला अध्यक्ष बाबुराम रायमाझी र इन्चार्ज रामप्रकट कोरीलगायतको उपस्थिति रहेको थियो।

उनीहरूले नव–निर्वाचित अध्यक्ष पौडेलसहित सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।