२२ जेष्ठ २०८३, शुक्रबार

बागमतीमा आफ्नै मुख्यमन्त्री हटाउने खेलमा काँग्रेस, अविश्वासको प्रस्ताव दर्ता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ९ साउन । नेपाली काँग्रेसले बागमती प्रदेशका आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने तयारी गरेको छ । जसका लागि आज काँग्रेसबाट मन्त्री रहेका चारजनाले राजीनामा दिएका छन् ।

मन्त्रीहरूले केन्द्रकै निर्देशनमा राजीनामा दिएका बुझिएको छ । पार्टी सभापति शेरबहादुर देउवा लामासँग असन्तुष्ट रहेका बताइन्छ । देउवाले इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन लागेको हुन् ।

यस्तै मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउन कांग्रेसका २१ जना सांसदहरूले अविश्वासको प्रस्ताव पनि दर्ता गराएका छन् ।

बानियाँले २१ जना सांसदको हस्ताक्षर गरेर संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।