२५ जेष्ठ २०८३, सोमबार

कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन : विद्या भण्डारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एमालेको सदस्यता कसैले पनि फाल्न नसक्ने बताएकी छिन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले ४५ वर्षअघि लिएको सदस्यता कसैले फाल्न नसक्ने बताएकी हुन् । ‘अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसकयो। सदस्यता हुँदा मदनभण्डारी कोसी-सगरमाथा इन्चार्ज हुँदा लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन,’ उनले भनिन्।

आफू पार्टीकै सिफारिसमा राष्ट्रपति भएको र अहिले आएपछि विधिपूर्वक नै पार्टीमा आवद्ध भएको उनले स्पष्ट पारिन् ।