
काठमाडौं, ९ साउन । संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पीरियडमाथि छेडखानी गरिएको घटना छानबिनका लागि गठित छानबिन समितिको म्याद सात दिन थप भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राखेको विशेष समितिको कार्यावधि सात दिन थप गर्ने सम्बन्धी प्रस्ताव सभाले स्वीकृत गरेको हो ।
गत असार २३ गते छानबिनका लागि सात सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो । समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन् ।








प्रतिक्रिया