६ असार २०८३, शनिबार

बागमतीका काँग्रेसका मन्त्रीहरूले दिए राजीनामा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, ९ साउन । बागमती प्रदेशका चारजना मन्त्रीले राजीनामा दिएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन्।

वागमतीका मुख्यमन्त्री परिवर्तन गर्ने कांग्रेसको प्रयास स्वरूप पार्टीकै निर्देशनमा मन्त्रीहरूले राजीनामा दिएका बताइएको छ । उनीहरूले प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई ह्वाट्सएपबाट राजीनामा पत्र पठाएका हुन् ।

मुख्यमन्त्री लामाले बजेटमा मनोमानी गरेको र योजना बेचेको भन्दै कांग्रेसकै मन्त्रीहरु उनीसँग रुष्ट थिए । कांग्रेसबाटै मुख्यमन्त्री रहेका लामासँग पार्टी सभापति शेरबहादुर देउवानै असन्तुष्ट रहेको बताइएको छ ।