३१ जेष्ठ २०८३, आइतबार

सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ५३ करोड ७० लाख

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ नाफा कमाएको हो । यो खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.५१ प्रतिशत बढी हो ।

बैंकले ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०२.८३ प्रतिशत बढी हो । २०८०/८१ मा बैंकको वितरणयोग्य मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो ।

बैंकको लाभांश क्षमता ११.६४ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी २.७६ प्रतिशतले वृद्धि भई १५.१० रुपैयाँ पुगेको छ । बैंकको प्रति सेयर नेटवर्थ १५६.७१ रुपैयाँ छ ।

बैंकले गत असार मसान्तसम्म ५६ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ८९ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित छ ।