
काठमाडौं, ८ साउन । रुसमा एउटा विमान बेपत्ता भएको छ ।
अमुर क्षेत्रको पूर्वी भागमा करिब ४३ जना सवार रुसी विमान बेपत्ता भएको हो । खाबारोभ्स्क–ब्लागोभेशचेन्स्क–टिन्डा मार्गमा उडिरहेको साइबेरियाकेन्द्रित अंगारा एयरलाइन्सको एन–२४ विमान बेपत्ता भएको हो ।
विमानमा पाँच बालबालिका र ६ चालक दलका सदस्यसहित ४३ जना रहेको थिए । विमानको खोजी जारी छ ।









प्रतिक्रिया